चन्द्र सतहमा पानी रहेको तथ्य सार्वजनिक

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक चन्द्र सतहमा पानी पाइएको तथ्य सार्वजनिक गरेको छ । सो खोजले पानी खाली चिसो वा छायाँ परेको स्थानमा मात्र सीमित नरहेको र चन्द्रमाको पूरै सतहमा भन्नेतर्फ संकेत गरेको छ ।

नासाको स्ट्राटोफोरिक अब्जरभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफियो)ले चन्द्रमाको दक्षिण धु्रबमा रहेका पृथ्वीबाट देखिने सबैभन्दा ठूलो मध्येको एक क्लाभस क्रेटरमा पानीको कण (एचटुओ) फेला परेको उल्लेख गरेको छ ।

विगतमा चन्द्रमाको सतहमा गरिएको अनुसन्धानमा हाइड्रोजनको केही स्वरुप पाइएको थियो तर त्यसमा पानी र त्यसको रसायनिक नातेदार हाइड्रअक्सी(ओएच)हो भन्नेमा छुट्याउन सकिएको थिएन । तर त्यो क्षेत्रबाट प्राप्त तथ्याङ्कले चन्द्रमाको सतहमा फैलिएको एक घनमिटर माटोमा एउटा १२ औैंसको बोतल बराबरको पानी रहेको देखाएको छ । सो तथ्य नेचर एस्ट्रोनोमीको पछिल्लो अङ्कमा उल्लेख छ । स्राेत : नासा

तपाईको प्रतिक्रिया