काठमाडौं, कात्तिक १० : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८९५ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना सङ्क्रमित थपिएका हुन् ।
थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६७३, ललितपुरका १४६ तथा भक्तपुरका ७६ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा ५१५ पुरुष, र ३८० महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा देशैभरि एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।






