थप १३ कोरोना संक्रमितको मृत्यु, जम्मा मृत्यु हुने संख्या ८ सय ४२ पुग्यो

  कार्तिक ०८, २०७७

काठमाडौं, कात्तिक ८ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट कुल मृतकको संख्या ८ सय ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ छ ।

तपाईको प्रतिक्रिया