जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, दुईको उद्दार

  कार्तिक ०८, २०७७

जाजरकोट, कात्तिक ८ : घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा दुई महिलाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मृत्यु हुनेमा छेडागाड नगरपालिकाको वडा न ३ चुवाकि ३० वर्षीया सितला जैसी र सोही गाउँकि १६ वर्षिया आरती दाहाल रहेकी छन ।

त्यस्तै घटनामा परि सोही गाउँकि २४ वर्षिया सरिता जैसी र छेडागाड-४ कि ५१ वर्षिया धनसरा चदारा घाईते हुनु भएको छ । दशैको लागि घर लिप्ने माटो लिन स्थानीय महिलाहरु आफ्नो टोलभन्दा झन्डै ४ किलोमीटरको दुरी टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन ।

जाजरकोटका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठ ले घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मत्यु भएको बताउनुभयो । हाल दुई जना घाइत महिलाहरुहरु लाई जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतको पहलमा नेपाली सेनाकोे हेल्किकोप्टर मार्फत सुर्खेत पठाईएको छ । घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय दशेराका असई कमानसिह रामजालीलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया