उपत्यकामा २४ घण्टामा थपिए १ हजार ५५२ कोरोना संक्रमित

  कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार ५५२ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार २८३ जना छन् । मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरि तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा तीन हजार २१५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया