पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

  कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : नेपालमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ लाख ४४ हजार ८ सय ७२ संक्रमितको संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार १ सय १८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८ सय ९७ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया