बुटबलमा एक सङक्रमित महिलाको मृत्यु

  कार्तिक ०४, २०७७

बुटवल, कात्तिक ४ : बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको मंगलबार बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

सोमबार स्वास्थ्यमा समस्या आएपछि उनले लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराउनु भएको थियो । त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उहाँलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । ती महिलामा मधुमेहको समस्या थियो । यससंगै बुटवलको कारोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया