लोकसेवा आयोगले १६ गतेबाट लिने भनिएको सबै परीक्षा स्थगित

  कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक ३ : लोकसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगको आजैको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।

लोकसेवाले निजामती तथा संगठित संस्थाहरुको समेतको सबैको परीक्षा स्थगित गरेको आयोगका प्रवक्ता गीताकुमारी होमेगाईंले बताउनुभयो । उहाँले निजामती तर्फको मात्र करीब तीन हजार पदका लागि परीक्षा हुन लागेको थियो । उहाँले संगठित संस्थामा कतिपदका लागि परीक्षा हुन लागेको भने यकिन नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया