काठमाडौं उपत्यकामा एक हजार ६९८ मा कोरोना संक्रमण

  कार्तिक ०२, २०७७

काठमाडौं, कात्तिक २ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार ६९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ४६९ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा देशैभरि दुई हजार ९४२ सङ्क्रमित थपिएका छन् । १४ हजार ८७५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक लाख ३२ हजार २४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९२ हजार १६६ जना सङ्क्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया