भट्टराई औषधि व्यवस्था विभागको महानिर्देशकमा नियुक्त

  असोज २९, २०७७

काठमाडौं, असोज २९ : औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरिएको छ । बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गर्नुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

महानिर्देशक भट्टराई केही समय अघि मात्र ११ औं तहमा बढुवा हुनुभएको थियो । यसअघि औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल हुनुहुन्थ्यो । निवर्तमान महानिर्देशक ढकालको सरुवा विभाग अन्तर्गतकै राष्ट्रिय प्रयोगशालामा भएको छ ।

तपाईको प्रतिक्रिया