काठमाडौं उपत्यकामा एक हजार ९३५ मा सङ्क्रमण पुष्टि

  असोज २९, २०७७

काठमाडौं, असोज २८ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ९३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ९३५ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार ६९२, ललितपुरमा १३४ र भक्तपुरमा १०८ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट तीन हजार ५६४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ८४ हजार ५१८ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३६ हजार ५३३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ७४९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख २१ हजार ७४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया