कोरोनाबाट दश दिनकाे फरकमा दाजुभाइकै निधन

  असोज २९, २०७७

काभ्रे, असोज २९ : जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

१० दिनको् फरकमा दुई जनाकै मृत्यु भएको हो ।

गत असोज १८ गते ४५ वर्षीय भाइको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने बुधबार राती ५० वर्षीय दाजुको पनि धुलिखेल अस्पतालमा मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

मधुमेह रोगबाट पीडित उहाँलाई गत भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो ।

आइसियुमा राखेर उपचार रहनुभएका उहाँको एक महिनापछि मृत्यु भएको थियो ।

यसैबीच बनेपा नगरपालिका वडा न ७ का ७७ वर्षीय जेष्ठ नागरिकको घरमै मृत्यु भएको बनेपा आइसोलेसनका डा। शिशिर बञ्जाराले जानकारी दिनुभयो ।

बुधबार उहाँलाई डाइलोसिसका लागि धुलिखेल अस्पताल लगिएको थियो ।

पिसिआर रिीक्षण गरी डाइलोसिसका लागि समय दिए पनि उहाँमा कोरोना पोजेटिभ देखिएको हो ।

घरमै निधन भएपछि उहाँको अन्त्येष्टिको तयारी भइरहेको जनाइएको छ ।

जिल्लामा कोरोनका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

तपाईको प्रतिक्रिया