लमही, असोज २८ : लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएको छ ।
नेपाल नगरपालिका सङ्घको सहकार्यमा शुरु गरिएको सो परियोजनाअन्तर्गत डिपिआर बनाइएको परियोजनाका स्रोत व्यक्ति गायत्रीकुमारी थापाले जानकारी दिनुभयो ।
सो डिपिआरबारे नगरपालिकाका प्राविधिकलाई जानकारी दिएसँगै केही दिन भित्रै ठेक्का आह्वान गरिने बताइएको छ ।
परियोजना सञ्चालनका लागि नगरपालिका र संघबीच मिति २०७५ पुष १० मा सम्झौता भएको थियो ।
सो संघको सहकार्यमा देशभरका पाँच नगपालिकामा पनि यस प्रकारको परियोजना शुरु गरिएको छ ।संघको सहकार्यमा नगरमा परीक्षणकारूपमा शहरी सरसफाइसँग सम्बन्धीत कार्यको नमूना अघि वढाइएको छ ।
सो परियोजनाअन्तर्गत उक्त नगरपालिका–५ मा रहेको ल्याडफिल्ड साइटमा यसै वर्ष भौतिक संरचना निर्माण गरिने र यसका लागि रू दुई करोड खर्च लाग्ने स्रोत व्यक्ति थापाले बताउनुभयो ।
यसका लागि उक्त नगरपालिकाले चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिसकेको छ ।
डिपिआर निर्माण तथा नीति निर्माणमाउक्त संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफँै गर्नुपर्ने छ ।
सो परियोजना शुरु भएपछि शौचालयको सेप्टी ट्याङकीबाट निस्कने फोहोर व्यवस्थापन गर्न सहज हुने भएको छ ।
यसबाट कम्पोष्ट मल बनाएर विक्रीसमेत गरिनाका साथै वातावरण सफा राख्नसमेत सहयोग पुग्ने नगरपालिका उपप्रमुख देवका वेल्वासेले जानकारी दिनुभयो ।






