परराष्ट्र र उद्योगमन्त्री कोरला नाका निरीक्षण गर्न उपल्लो मुस्ताङमा

  असोज २८, २०७७

बेनी, असोज २८ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एवम् उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका लागि कोरला पुग्नु भएको छ ।

मन्त्रीद्वय काठमाडौबाट सिधै हेलीकोप्टर मार्फत नाकामा पुग्नु भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले बताउनुभयो ।

मन्त्रीसँगै परराष्ट्र सचिव, उद्योग सचिव एवम् जिल्लाका प्रदेश तथा संघीय सांसदहरुको उपस्थिति रहेको समेत सहायक प्रजिअ अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार मन्त्रीद्वय कोरोला नाका निरीक्षण गर्नुका साथै चीन नेपाल दुई देशीय ब्यापारीक नाकालाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्ने वारेमा स्थलगत अध्ययन एवम् निरीक्षणका लागि आउनुभएको हो ।

कोरला नाकामा जिल्लाका सुरक्षा समिति, प्रतिनिधि सभा सांसद प्रेम तुलाचन, प्रदेश सभा सांसद इन्द्रधारा विष्ट, महेन्द्र थकाली, चन्द्रमोहन गौचनसमेत कोराला पुग्नु भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया