काठमाडौं उपत्यकामा दुई हजार १२९ मा सङ्क्रमण पुष्टि

  असोज २७, २०७७

काठमाडौं, असोज २७ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार १२९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार १२९ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ५०३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ७८ हजार ७८० जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३५ हजार ९१५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ५७७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ५५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित करिब एक लाख १५ हजार ३५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया