पत्रकार गाउँलेलाई मातृशोक

  असोज २६, २०७७

काठमाडौँ, असोज २६ : नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो ।

बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया