उपचारका क्रममा सङ्क्रमित वृद्धको मृत्यु

  असोज २६, २०७७

चितवन, असोज २६ : चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।

उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचारका क्रममा आज राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया