पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु

  असोज २५, २०७७

काठमाडौं, असोज २६ : गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

२४ घण्टाको अवधिमा आइतवार अपराह्णसम्म थप २२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया