काठमाडौँ, असोज २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । शनिबार पीसीआर परीक्षण गर्दा आज कोभिड पोजिटिभ देखिएको शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव सुनिल खड्काले दिनुभएको हो ।
हिजो सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउन जानुभएको थियो । उहाँ अहिले पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
हिजो शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँ हाल होम आइसोलेसनमा रहनुभएको छ ।






