काठमाडौं, असोज २५ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ४११ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ४११ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ५५२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
७५ हजार ८०४ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३१ ह्जार ३१५ छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
नेपालमा कुल सङ्क्रमित एक लाख सात हजार ७५५ नाघेको छ । पछिल्लो चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी २२ जनाको मृत्यु भएको छ । हालसम्म ६३६ जना सङ्क्रमितको मृत्यु भएको छ ।






