सभावति देउवाद्वारा दुःख व्यक्त

  असोज २५, २०७७

काठमाडौँ, असोज २५ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्रा ई सरोज देवकोटाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

काँग्रेसका महासमिति सदस्यसमेत रहनुभएका उहाँको आज निधन भएको हो ।

सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत देवकोटाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उहाँको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा देवकोटाले उल्लेखनीय योगदान पु¥याउनुभएको थियो ।

उहाँको निधनबाट नेपालको इञ्जिनीयरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया