बुटवल, असोज २५ : कोरोना सङ्क्रमणका कारण रुपन्देहीका थप तीन जनाको मृत्यु भएको छ ।
जसमध्ये दुई जनाको कोरोना विशेष अस्पतालमा र एक जनाको बाटोमै मृत्यु भएको हो । उनीहरू सबै बुटवल उपमहानगरका हुन् ।
शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बुटवल(११ का ८४ वर्षीय पुरुषको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङको कोरोना विशेष अस्पताल बेलझुन्डी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
उहाँलाई शनिबार नै कोरोना पुष्टि भएको थियो । उहाँ मुटुका दीर्घरोगी हुनुहुन्थ्यो ।
यस्तै गाएराति २ बजे बुटवल(११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना विशेष अस्पतालमा भर्ना भएकी महिलाको राति २ बजे मृत्यु भएको हो । उहाँको श्वासप्रश्वासमा समस्या थियो ।
यस्तै बुटवल(१ का ७० वर्षीय पुरुषको पनि राति ९ः५५ मा मृत्यु भएको छ । उहाँ गत २२ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचार गराइरहनुभएको थियो ।
उहाँमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।






