काठमाडौं उपत्यकामा एक हजार ७०९ मा सङ्क्रमण पुष्टि

  असोज २३, २०७७

काठमाडौं, असोज २३ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ७०९ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा ११६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ६८० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

७३ हजार २३ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ७२।३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

नेपालमा कुल सङ्क्रमित एक लाख नाघेको छ ।

शुक्रबार थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित एक लाख छ सय ७६ पुगेको छ ।सक्रिय सङ्क्रमित २७ हजार ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया