कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, शुक्रबार २ हजार ५९ जनामा संक्रमण

  असोज २३, २०७७

काठमाडौँ, असोज २३ : नेपालमा कोरोना भाइरसका दुई हजार ५९ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ वटा नमूनाको परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा सो सङ्क्रमितसहित एक लाख ६७६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् ।

क्वारेन्टिनमा चार हजार ७०३ छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ ।

हालसम्म ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा १० जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल छसय जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया