काठमाडौं उपत्यकामा दुई हजार ५४० मा सङ्क्रमण पुष्टि

  असोज २२, २०७७

काठमाडौं, असोज २२ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ५४० जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट दुई हजार ६७५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

७१ हजार ३४३ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ७२।३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८ हजार ४७३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपालमा कुल सङ्क्रमित ९८ हजार ६१७ पुगेको छ । सक्रिय सङ्क्रमित २६ हजार ६८४ पुगेको छ ।

तपाईको प्रतिक्रिया