काठमाडौं उपत्यकामा एक हजार ६८४ मा सङ्क्रमण पुष्टि

  असोज २१, २०७७

काठमाडौं, असोज २१ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६८४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ६८४ जना सङ्क्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले काठमाडौंमा एक हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार १२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ६८ हजार ५६८ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ७२। ९ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४३९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।

नेपालमा कुल सङ्क्रमित ९४ हजार २५३ पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार सात पुगेको छ ।

त्यसैगरी, एक हजार ५५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित हुने ९० हजार ८१४ पुगेको छ ।

तपाईको प्रतिक्रिया