दक्षिण कोरियाको सेप्टेम्बरमा उपभोक्ता मूल्य एक प्रतिशतले वृद्धि

  असोज २०, २०७७

सियोल, असोज २० : उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा एक प्रतिशतले वृद्धि भएको कोरियाली तथ्याङ्क कार्यालयले मङ्गलबार उल्लेख गरेको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बरमा १०६।२० अङ्क पुगेको र मार्चपछि पहिलो पटक सेप्टेम्बरमा उपभोक्ता मूल्यमा अत्यधिक छिटो वृद्धि भएको हो ।

उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०।१ प्रतिशतमा झरेको थियो भने मेमा ०।३ प्रतिशतले रेकर्ड भएको थियो । जुलाईमा ०।३ प्रतिशत वृद्धि कायम रहेको उपभोक्ता मूल्य अगस्टमा बढेर ०।७ प्रतिशत पुगेको थियो ।

सेप्टेम्बरको वृद्धिमा वर्षा ऋतुको लामो अवधिसम्म कृषि सामानको मूल्यवृद्धिको श्रेय रहेको बताइएको छ ।

कृषि, पशुपालन र मत्स्यपालन उत्पादनको मूल्य एक वर्षअघि सेप्टेम्बरमा १३।५ प्रतिशतले बढेको थियो । यो वृद्धि साढे नौ बर्षमा अर्थात् मार्च २०११ पछि सबैभन्दा उच्च हो ।

कच्चा तेल ९पेट्रोलियम पदार्थ० को मूल्य सस्तो भएपछि दक्षिण कोरियामा औद्योगिक उत्पादनको मूल्यमा सङ्कुचन आएको थियो ।

अस्थिर कृषि र तेल उत्पादनबाहेक दक्षिण कोरियामा उपभोक्ता मूल्यमा गत वर्षभन्दा सेप्टेम्बरमा ०।९ प्रतिशतले बढेको बताइएको छ ।

तपाईको प्रतिक्रिया