प्रदेश ५ प्रदेशसभा बैठक : दुई तिहाइ मतले देउखुरी प्रदेश राजधानी रहने प्रस्ताव पारित

  असोज २०, २०७७

बुटवल, असोज २० : प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ रहने घोषणा भएको छ ।

प्रदेश नं. ५ प्रदेश सभाको आजको बैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो ।

सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस् भनी गत शुक्रबार प्रदेश सभामा प्रस्ताव गरेको थियो ।

प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुई तिहाईका लागि ५८ मत आवश्यक पर्छ ।

सभामुख पूर्णबहादुर घर्तीले दुई तिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकाको भालुवाङ क्षेत्र घोषणा गर्नुभयो ।

प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने पाँच सांसद अनुपस्थित हुनुभयो ।

तपाईको प्रतिक्रिया