प्रदेश ५ को प्रदेशसभा बैठक शुरु

  असोज २०, २०७७

बुटबल, असोज २० : प्रदेश ५ को प्रदेशसभा बैठक शुरु भएको छ । १२ बजे शुरु हुने भनिएको सभा केही बेर ढिला शुरु भएको हो ।

दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक केही समयका लागि पछि सारिएको सभामुख पुर्ण बहादुर घर्तिले बताउनुभो ।

आजेको कार्यसुचि अनुसार प्रदेश सभामा सबैभन्दा पहिला विपक्षी दलका नेता एवंम काग्रेस संसदिय दलका प्रमुख वीरेन्द्र कुमार कनौडियाले बोल्ने कार्यक्रम छ ।

त्यस लगतै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्नु हुनेछ ।

उहाँले दाङमा राजधानी लैजानुको कारण र रुपन्देही कपिलबस्तु, नवलपरासीलाई समेटेर पर्यटकिय र सास्कृतिक राजधानी एवं बुटवल, भैरहवा कोरिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्नु हुने छ

तपाईको प्रतिक्रिया