उपत्यकामा २४ घण्टामा थप १५ सय ३१ जनामा कोरोना संक्रमण

  असोज १९, २०७७

काठमाडौं, असोज १९ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५३१ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार १७८ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ४४० सङ्क्रमित थपिएका छन् । १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो चौबीस घण्टामा एक हजार १३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया