प्रदेश ५ प्रदेशसभाको वैठक सुरु, विपक्षिद्वारा नाराबाजी

  असोज १९, २०७७

बुटवल, असोज १९ : प्रदेश ५ प्रदेश सभाको वैठक बुटवलमा सुरु भएको छ ।

वैठक सुरु हुनासाथ नेपाली कांग्रेसले बोल्न समय माग गरेपछि नेपाली कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले बोल्न सुरु गर्नुभएको छ ।

उहाँले बोल्ने बितिकै नाराबाजी शुरू भएको र बैठक केही बेरका लागि स्थगित गरिएको छ ।

यसैगरी नेकपा प्रदेश ५ संसदीय दलको बैठकले सरकारको प्रस्तावको पक्षमा मतदान गर्न नेकपाका सा छंसदहरुलाई ह्विप जारी गरेको छ ।

विहान अबेर बसेको दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिनुभएको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

स्मरणीय छ प्रदेश ५ मा कूल ८७ सदस्यमध्ये नेकपाका मात्रै ६१ सांसद छन ।

सरकारको प्रस्ताव पारित हुन ५८ मत चाहिन्छ । नेकपाकै सांसदहरुले सरकारको प्रस्तावको पक्षमा मतदान गरे सरकारको प्रस्ताव सजिलै पारित हुने संभावना छ ।

यता बुटवलमै राजधानी हुनुपर्दछ भन्ने लबिङ गरिरहेका र सरकारको प्रस्तावमा लिखित असहमति जनाएका नेकपाका १४ सांसदले संसदीय दलको ह्विप अनुसार मतदान गरे भने सरकारको प्रस्ताव पारित गर्न सजिलो हुनेछ ।

प्रदेश सभामा कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

तपाईको प्रतिक्रिया