मन्दिरमा सार्वजनिक जमरा नराखिने

  असोज १९, २०७७

बनियानी, असोज १९ : कोभिड–१९ को कारण विगतमा झंै यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ ।

मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले मन्दिरमा भेला हुनसमेत बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका सचिव यशोदा कोइरालाले जानकारी दिनुभयो ।

काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दू धार्मिक विधिअनुसार वडादशैंँको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गरिँदै आएको थियो ।

समितिका अध्यक्ष भीम पौडेलले भन्नुभयो, “कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छाँै ।”

तपाईको प्रतिक्रिया