काठमाडौं, असोज १८ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ५३५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष तथा कञ्चनपुरकी २९ वर्षीय महिला रहेका छन् ।






