मकवानपुरमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  असोज १८, २०७७

मकवानपुर, असोज १८ : मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् ।

उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए ।

तपाईको प्रतिक्रिया