नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण

  असोज १७, २०७७

काठमाडौं, असोज १७ : नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो ।

नेपाली काँग्रेस निकटका २४१ जनाको स्वाब संकलन गरी जाँचका लागि पठाइएकोमा ७० जनाको रिपोर्ट आएको तर कसको पोजेटिभ वा नेगेटिभ आएको भन्ने कुरा स्वयंले घोषणा गर्ने नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो ।

नेता थापाले ट्वीटसन्देशमा कोरोना भाइरस संक्रमण भए पनि आफूमा कुनै समस्या नरहेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया