दाङ, असोज १७ : बबई गाउँपालिका ३ धनुवास बस्ने केशब भन्ने ३७ वर्षीय केश कुमार बिकको घरमा तास खेलिरहेको अवस्थामा बिक समेत ८ जना पक्राउ परेका छन् ।
उनीहरुलाई नगद २ लाख ६१ हजार ९ सय ९० रुपैयाँ तथा १ गड्डी तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको होा । ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






