डडेल्धुरा, असोज १६ : डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन सञ्चालनका लागि गन्यापधुरा गाउँपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ । अस्पतालमा पिसिआर मेसिन जडानका लागि जनस्तरबाट चन्दा संकलन गरिएको थियो ।
अस्पताल व्यवस्थापन र कर्मचारीको तलब दिन आवश्यक रकम नभएकाले यहाँका सातवटै स्थानीय तहले आर्थिक सहयोग गर्ने जनाएका छन् । नगरपालिकाले २०-२० लाख र गाउपालिकाले १०-१० लाखका दरले सहयोग गर्ने निर्णय भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर भट्टले बताउनुभयो ।
सर्वपक्षीय निर्णयअनुसार गन्यापधुरा गाउँपालिकाले शुक्रबार अस्पताललाई १० लाख रुपैयाँको चेक उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नबल मल्लले जानकारी दिनुभयो ।






