काठमाडौं, असोज १४ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
काठमाडौंमा ४७० महिला र ८१० पुरुष, ललितपुरमा ७७ महिला र ८५ पुरुष तथा भक्तपुरमा ८० महिला र ११६ पुरुष सङ्क्रमित थपिएका हुन् ।






