प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने सरकारको निर्णय

  असोज १६, २०७७

बुटवल,असोज १६ : लामोसमयदेखि अन्यौलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई केन्द्रमा राखेर बनाउन तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिसदले निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिसद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक बिकास मन्त्रीले सुदर्शन बरालले पुष्टि गर्नुभयो ।

दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो ।

मन्त्रीपरिसदको निर्णय लगत्तै शुक्रबार नै यस सम्वन्धि प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा राजधानीको नाम लुम्बिनी लेखिएको छ । साथै बुटबलमा सुरक्षाा व्यबस्था कडा बनाइएको छ ।

तपाईको प्रतिक्रिया