तीन महिनादेखि अवरुद्ध साँफे-मार्तडी राजमार्ग पुनः सञ्चालन

  असोज १५, २०७७

बाजुरा असोज १५ : लगातार परेको अविरल वर्षाका कारण पहिरो गएपछि तीन महिनादेखि अवरुद्ध साँफे मार्तडी सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।असारको पहिलो सातादेखि भदौसम्म आएको अविरल वर्षाले बार्जुगाडदेखि मार्तडीसम्मको बाटो अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा सडक डिभिजन कार्यालय अछामले काम सुचारु गरेपछि सडक सञ्चालनमा आएको हो ।

लामो समयसम्म सडक सुचारु नुहँदा जिल्लाका व्यपारीहरुलाई सामान ढुवानी गर्नका साथै यात्रुलाई आवजावतमा समस्या भएको थियो । व्यापारीहरुलाई सामान ढुवानी गर्न असहजता भएपछि उपभोक्ताहरुले पनि दैनिक उपभोग्यका समान खरिद गर्दा चर्को महंगीको मार खेप्नु परेको थियो ।
भदौबाट नै सडक मर्मत गर्न लागेको भए पनि पानी पर्न नरोकिएपछि समयमै सडक सञ्चालनमा ल्याउन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनुभयो ।

उहाँले भन्नुभयो, जडाङ्गा खोलामा अझै पानीको वहाब बढी भएकोले सो ठाउँमा डाइभरसन गर्नु पर्ने र त्यसपछि मात्र हिउँदको महिना यायाताका सवारी साधन सुचारु गर्न सकिने बताउनुभयो । यता बार्जुगाड ,अम्कोटको बल्दे, द्धारीको पहिरोमा एक साइडबाट बाटो खोल्न लाग्दा फेरि माथिबाट पहिरो आउँदै गरेपछि त्यसलाई पन्छ्याउँदा पन्छ्याउँदै निकै समय लागेको सडक डिभिजन कार्यालय साँफे बगर अछामका इन्जिनियर दमन कुमार विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, जगाङ्डा खोलामा पुल नभएकोले अहिले बार्जुगाडदेखि जगाङ्डासम्म र जगाङ्डादेखि मार्तडी यातायातका सवारी साधन सुचारु हुने भएका छन् । गत साउन २५ गते राती आएको बाढीले जडाङ्गा नदिमा रहेको वेलिब्रिज बगाएकोले सो ठाउँमा हिम पाइपको व्यवस्था भएपछि मात्र सिधै यतायातका सवारी साधान मार्तडी सुचारु हुने इन्जिनियर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले दशै र तिहारलाई मध्यनजर गर्दै यातायातको सुविधा दिने गरी सडक मर्मत गरेर सञ्चालनमा ल्याएपनि स्थायी रुपमा मर्मत गर्न भने अँझै समय लाग्छ । वर्षादका कारण रागमार्ग सँगै जोडिएका धेरै पुलहरु पुर्णरुपमा क्षति भएका छन् तुरुन्तै पुल निर्माण कार्यलाई अगाडि बढाउन माथिल्लो निकाय सँग कुरा भइरहेको साँफेमार्तडी सडक डिभिजन कार्यालय अछामका इन्जिनियर विष्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया