काठमाडौं, असोज १५ : मन्त्रिपरिषदको नियमित बैठक अहिले बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान १० बजे मन्त्रि परिषद बैठक बस्ने तय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले जानकारी दिनुभयो ।
मन्त्रिहरु बैठकका लागि बालुवाटार पुगिसक्नुभएको छ । आजको बैठकलाई नियमित बैठक भनिए पनि बैठकको एजेण्डाबारे केही बताइएको छैन । बैठकमा केही नियुक्ति तथा दैनिक समस्या समाधानका विषयमा छलफल हुने मन्त्री भुषालले बताउनुभयो ।
पछिल्लो केही दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच नियमित छलफल भइरहेको छ । मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएपनि अहिलेसम्म ठोस सहमति बन्न सकेको छैन ।






