काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै कोरोना सङक्रमणबाट मृत्युने संख्या ४ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ७ पुरुष तथा ३ महिला रहेका छन् । एक महिनाअघि कोरोनाबाट मर्नेको संख्या १९५ जना रहेको थियो ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय चितवनका ५५ वर्षीय तथा बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुष रहेका छन् ।
यस्तै सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया तथा बाँकेकी ७६ वर्षीया महिलाको रहेकी छिन् ।






