कहाँ कति संक्रमित थपिए, हेर्नुहोस् प्रदेश तथा जिल्लागत विवरण

  असोज १३, २०७७

काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा विभिन्न प्रदेशमा गरी थप एक हजार ५१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा १४९, प्रदेश २ मा ५८, वाग्मतीमा एक हजार २८, गण्डकीमा ३५, प्रदेश ५ मा १९८, कर्णालीमा १ तथा सुदूरपश्चिम ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेश नं १ को इलाममा १, उदयपुरमा २, ओखलढुङ्गामा १, तेह्रथुममा २, भोजपुरमा १, झापामा ९, मोरङमा १०१ तथा सुनसरीमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, रौतहटमा २६, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ तथा सिरहामा ८ जनामा कोरोना देखिएको छ ।

यसैगरी वाग्मती प्रदेशको काठमाडौँमा ७४७, काभ्रेपलाञ्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, नवलपरासी पूर्वमा १५ तथा स्याङ्जामा २ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश ५ को कपिलवस्तुमा १८, गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ तथा बैतडीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया