भक्तपुर, असोज १३ : भक्तपुर नगरपालिका १० कमलविनायक नगरकोट बसपार्क नजिकबाट डलर साटने भन्दै एक पुरुषको नगद ५ लाख रुपैयाँ मंगलबार बिहान ठगी भएको छ ।
सूर्यविनायक नगरपालिका ८ आदर्श बस्ने दोलखा जुगु गौरी शंकर घर भएका ३५ वर्षीय पुरुषलाई २ जना अपरिचित व्यक्तिले डलर साटने भनि कागजको बिटो प्लाष्टिकमा राखी
रुमालमा पोको पारी दिई पीडितसँग भएको नगद ५ लाख रुपैयाँ ठगी गरी फरार भएको बताइएको छ ।
ठगीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






