काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ९३४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार २६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार ती मध्ये काठमाडौँका ३०७ महिला र ४४० पुरुषसहित ७४७, ललितपुरका ४७ महिला र ६७ पुरुषसहित ११४ तथा भक्तपुरका २८ महिला र ४५ पुरुषसहित ७३ जना रहेका छन् ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । काठमाडौँमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३४६ तथा भक्तपुरमा २ हजार ३७ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।
त्यसैगरी, उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशका ११ जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार २८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौं उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । काभ्रेप्लाञ्चोकमा १३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा देशभरि एक हजार ५१३ जना नयाँ सङ्क्रमित थपिएकोमा दुई तिहाइ वागतमी प्रदेशका छन् ।






