काठमाडौं, असोज १३ : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा नेपाली कांग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन गरिएको छ । रुकुम स्थायी घर भई विभिन्न कामले हाल संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका रुकुमेलीहरूको भेलाबाट जनसम्पर्क समिति गठन गरिएको हो ।
नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति धनन्जयनरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० स्थायी घर भएका विनोद पुन सभापति रहेको २६ सदस्यीय जनसम्पर्क समिति गठन गरिएको हो ।
नरबहादुर कुसारी र धनबहादुर केसी सल्लाहकार रहेको जनसम्पर्क समितिको उपसभापतिमा केशव कुसारी र कमलप्रसाद केसी, महासविचमा रामकृष्ण कुसारी, सचिव उमेश खड्का र दिपेशकुमार जैसी, कोषाध्यक्ष गोपाल खनाल तथा सहकोषाध्यक्षमा जयलाल खड्का निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली जनसम्पर्क समिति मार्बलफाल्स च्याप्टर टेक्सासका सभापति मनबहादुर कुसारी र महासचिव बिर्खबहादुर खत्रीको विशेष पहलमा भएको उक्त कार्यक्रममा जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका सचिव हरि भट्टको पनि उपस्थिति रहेको नवनिर्वाचित उपसभापति केशव कुसारीले जानकारी दिए ।
प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानका लागि जनसम्पर्क समितिले सक्दो सहयोग गर्ने नवनिर्वाचित सभापति विनोद पुनले बताए । विभिन्न काम गर्दा नेपाली कांग्रेसको बिचान, आस्था र सिद्धान्तमा रहँदै नेपाली जनसम्पर्क समिति अमेरिकासँग आवश्यक समन्वय गरेर संगठन सुदृढिकरण गरिने उनले बताए ।जनसम्पर्क समितिका कार्य समितिका अन्य सदस्यहरु निम्नअनुसार छन् ।
१.दिपक खनाल
२. दिपाराम खनाल
३. कपिलदेव कुसारी
४. टिकाराम पुनमगर
५. प्रेम कुसारी
६. दिपक दाहाल
७. टार्जन कुसारी
८. सुदीप कुसारी
९. विजय गीरी
१०. देवीलाल कुसारी
११. कैलाश केसी
१२. भिमसेन ओली
१३. अनिल केसी
१४. चन्द्र डांगी
१५. प्रदीप केसी
१६. पूर्णबहादुर केसी