काठमाडौं उपत्यकामा २४ घण्टामा थप ८ सय १७ जनामा कोरोना संक्रमण

  असोज १२, २०७७

काठमाडौं, असोज १२ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप नयाँ ८ सय १७ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ४९ , ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना संक्रमित देखिएको बताएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालभर ७ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिनुभएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया