उपत्यकामा २४ घन्टामा थपिए ८ सय ९ जना कोरोना संक्रमित

  असोज ११, २०७७

काठमाडौं, असोज  ११ : उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा ८ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना रहेका छन् ।

२४ घन्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् ।

नेपालभर भने २४ घन्टामा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया