२४ घन्टामा थप १५ सय ७३ मा कोरोना संक्रमण,१० जनाकाे मृत्यु

  असोज ११, २०७७

काठमाडौं, असोज  ११ : नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् ।  मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ ।

चौबीस घण्टामा ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५३ ह्जार ८९८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत पुगेकाे छ । 

आइसोलेसन र सकृय सङ्क्रमित  कुल १९ हजार १९ पुगेको छ । क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।

दश जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा दश जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४७७ पुगेकाे छ । 

तपाईको प्रतिक्रिया