आज १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

  असोज ११, २०७७

काठमाडौं, असोज ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजेका लागि मन्त्रि परिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले बोलाउनुभएको बैठक नियमित भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रायः सोमबार मन्त्रि परिषद बैठक बस्ने तालिका भएपनि आवश्यक परेका बेला जहिले पनि बस्न सक्ने हुनाले आजको बैठक प्रधानमन्त्रीले बोलाउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । आजको बैठकबारेको कार्यसूची बारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा एसिड आक्रमण कसुर सम्बन्धी विधेयक र बाढी पहिरोले पारेको समस्या र समाधानका बारेमा छलफल हुनसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया